Shittalpati
समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना

पाल्पा, समृद्धि फाइनान्सले पैसा दोब्बर हुने निक्षेप योजना ल्याएको छ । फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तरगत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।

योसँगै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । यस निक्षेप योजनाको लक्षित ग्राहकहरु, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिले आफ्ना छोराछोरीको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकलाई पनि आकर्षित गर्नु रहेको बताइएको छ । पाँचवटै शाखाबाट यो सेवा लिन न्यूनतम ५० हजारदेखि नै खाता खोल्न सकिने फाइनान्सले जनाएको छ । फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्रुचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update