Shittalpati
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंंकले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेको हो ।

बैकले डोल्पाको ठूलिभेरी नगरपालिका–३, दुनै बजारमा २८९ औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै बैंकले नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । उसले वित्तिय सेवालाई सबै क्षेत्र र वर्गका नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले बैंकिङ्ग सेवा विस्तारमा जोड दिएको हो । बैंकले आफ्नो सेवालाई छिटो छरितो र प्रभावकारी बनाउँदै लगेको छ । उसले डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका/नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचरलगायतका सुविधासमेत थप गरेको छ । यस्तै बैंकले समानरुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको जनाएको छ । मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरुले बैंकका सेवाहरु सम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोड मार्फत भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेबको माध्यमबाट उठाउन सकिने पनि बैंकले जनाएको छ ।

त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले आफै रजिष्टर गरी अनलाइनबाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरुको प्रयोग गर्न र जानकारी पाउन सक्ने छन् । ‘डिजिटलाइज्ड बैंकिङ्ग का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा सञ्चालनमा समेत ल्याइसकेको छ ।

बैंकले ७७ जिल्लामा २ सय ८९ शाखा, २ सय ६२ एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update