असार पन्ध्र : धान दिवस र दहि चिउरा खाने दिन
शुक्रबार, असार १५, २०८०
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
शुक्रबार, असार १५, २०८०
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
पुष्पलालको योगदान र राष्ट्रिय पत्रकारिता पुरस्कार
शुक्रबार, असार १५, २०८०
पुष्पलाल र वीपी साझा व्यक्तित्व हुन भन्दा अन्यथा नहोला । नेपालका कम्युनिष्ट पार्टीले पुष्पलाल अनि नेपाली काँग्रेसले वीपीलाई आफ्नो कित्ताको पेवा ठान्ने प्रवृत्ति भने हटिसेकेको छैन । आज अर्थात् असार १५, पुष्पलालको जन्म दिन पनि हो । नेपाली माटोमा कम्युनिष्ट आन्दोलन शिलान्यास गर्ने नायकको रुपमा पुष्पलाललाई लिने गरिन्छ ।
धान दिवस : किसानका समस्या सम्बोधन गर
शुक्रबार, असार १५, २०८०
देशभर धान रोपेर ‘राष्ट्रिय धान दिवस’ मनाइँदै छ । नेपालमा हरेक वर्षको १५ असारलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । सरकारको विसं २०६१ मंसिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो ...
मन्दिरभित्रै यौनजन्य दुर्व्यवहार गर्ने भैरवस्थानका पुजारी निलम्बित
बिहीबार, असार १४, २०८०
पाल्पाको ऐतिहासिक भैरवनाथ मन्दिरका मुख्य पुजारी जितनाथ योगी निलम्बनमा परेका छन् । मन्दिरमा आएका महिला दर्शनार्थी माथि यौनजन्य दुर्व्यवहार गरेका कारण योगी निलम्बनमा परेका हुन् ।
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
बिहीबार, असार १४, २०८०
प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान
बिहीबार, असार १४, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेका छन् ।
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
बिहीबार, असार १४, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनबाट बकर इद शुभकामना
बिहीबार, असार १४, २०८०
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए ।
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’
बिहीबार, असार १४, २०८०
वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । बुधबार तानसेन नगरपालिकामा भेला भएका उपभोक्ताहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै अब समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताएका हुन् ।
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने
बिहीबार, असार १४, २०८०
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको हो ।
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी
बिहीबार, असार १४, २०८०
आज घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइन्छ ।


