लायन्स क्लव पाल्पाद्वारा रक्तदान
बुधबार, भदौ २७, २०८०
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा
बुधबार, भदौ २७, २०८०
जिल्लाको रामपुुरबाट प्रहरीले अवैध सालको काठ नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले ९५.०८ क्युफिट अवधै साल जातको काठ नियन्त्रणमा लिएको हो ।
अस्तभयो : सत पुरुषको
बुधबार, भदौ २७, २०८०
नेपालको प्रजातन्त्र पुनःस्थापना र लोकतान्त्रिक युगका पवित्र पात्र, सुभासचन्द्र नेम्वाङको मंगलबार बिहान १ बजे भएको निधनले मुलुकले अर्को एउटा नक्षत्रलाई गुमाउनुको पीडावोध गरिरहेको छ । वास्तवमै नेम्वाङ आफैमा यो युगका पवित्र अवतार जस्तै थिए ।
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित
बुधबार, भदौ २७, २०८०
गत आर्थिक वर्षमा पाल्पाका १० स्थानीय तहमा पूर्वखोला गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा घोषित भएको छ ।
शिक्षण सहयोग अनुदानमा अनियमितता
मंगलबार, भदौ २६, २०८०
जिल्लाको तानसेन नगरपालिकास्थित एक विद्यालयमा शिक्षण सहयोग अनुदानबापत आएको रकममा अनियमिता भएको पाइएको छ । तानसेन नगरपालिका–११ रानीपोखरी बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा शिक्षण अनुदानको रकममा अनियमिता भएको पाइएको हो ।
रामपुरमा गौशालिकको अनावरण
मंगलबार, भदौ २६, २०८०
जिल्लाको रामपुर नगरपालिका वडा ६ मिलनचोकमा निर्माण भएको गौशालिकको अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म
मंगलबार, भदौ २६, २०८०
पाल्पा आवाजको नामबाट विगत १७ वर्ष पहिला दर्ता भएको पत्रिकाले किसिम परिवर्तन गरी समाचारघर साप्ताहिक सुरु गरेको छ । साप्ताहिकको पहिलो अंक मंगलबार एक समारोहका बिच जिल्ला समन्वय समिति पाल्पाकी उप–प्रमुख काशिका गैरेले सार्वजनिक गरेकी हुन् ।
कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट
मंगलबार, भदौ २६, २०८०
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिए ।
एमालेले तीन दिनसम्म शोक मनाउने
मंगलबार, भदौ २६, २०८०
नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए...
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
मंगलबार, भदौ २६, २०८०
सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था
मंगलबार, भदौ २६, २०८०
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गत आर्थिक वर्षको समीक्षा सुरु गरेको छ । कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारीता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित सोमबारदेखि समीक्षा गोष्ठि सुरु गरेको हो ।
भ्रष्टका दिन अन्त्य नहुने नै हो ?
मंगलबार, भदौ २६, २०८०
पुष्पकमल दाहाल प्रचण्ड पछिलो पटक यो मुलुकको सरकार प्रमुख बनेपछि विभिन्न चर्चा परिचर्चासँगै आलोचनाको पात्र पनि बने । आम जनतामा सरकारप्रति आशा भरोसा खासै थिएन । आलोचनाका बलिया–बलिया खम्बा बनेका बखतमा नारायाणकाजी श्रेष्ठले आम जनतामा उठेको भ्रमलाई एकाएक हटाउन लागेपछि अलोचनाका खम्बा एकपछि अर्को गर्दै ढल्दै गए ।


