दुर्घटनामा दुईको मृत्यु
शनिबार, भदौ ३०, २०८०
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती
शनिबार, भदौ ३०, २०८०
चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो ।
तरकारी खेतीबाट वार्षिक २५ लाख बढी आम्दानी
शनिबार, भदौ ३०, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कड्डा जग्गामा खेती गर्दै आएका हुन् ।
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान
शनिबार, भदौ ३०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । उसले ५९ औँ बाल दिवसका अवसरमा २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६५ जिपिए र सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
ओजोन तह बचाउ दिवसको सन्दर्भ
शनिबार, भदौ ३०, २०८०
आज १६ सेप्टेम्बर अर्थात् ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस । विश्वभर बर्सेनि आजकै दिनलाई विश्व ओजोन तह बचाउ दिवस मनाइने गरिन्छ । यस दिन विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइन्छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाइँदै छ ।
लुम्बिनी प्रदेश मन्त्रालय बढाउने दाउमा
शनिबार, भदौ ३०, २०८०
लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहे पनि मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको हो ।
संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २९, २०८०
लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले, प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार नदिएकाे आराेप लगाएका छन ।
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शुक्रबार, भदौ २९, २०८०
तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
शुक्रबार, भदौ २९, २०८०
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे ।
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ
शुक्रबार, भदौ २९, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका हुन् ।
वेद माविको समिति गठनमा विवाद
शुक्रबार, भदौ २९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित ढावखोलमा रहेको वेद माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको छ । अभिभावक भेलाबाट निर्वाचित भएका र मनोनित सदस्यको उपस्थितिबिनै नयाँ समिति गठन गरिएपछि विवाद भएको हो ।
बङ्गुरपालन व्यवसाय संकटमा
शुक्रबार, भदौ २९, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए ।


