Shittalpati
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरका पुजारी माथि हातपात भएको छ । मन्दिरमा गएका एक युवकले पुजारी लम्सालमाथि हातपात गरेका हुन् । बुधबार विहान तानसेन –१ गैरगाउँका २८ वर्षीय शिशिर बराइलीले मुख्य मन्दिर भित्र जवरजस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुुजारी लम्साललाई हातपात गरेका थिए ।
छोइनसक्नु तरकारी
छोइनसक्नु तरकारी तानसेनको बजारमा तीन महिना अघि ४०/५० रुपैयाँमा विक्री भएको गोलभेडाँ अहिले १ सय २० देखि १ सय ३० रुपैयाँमा विक्री भएको छ । सोही समयमा ८० देखि १ सय रुपैयाँमा विक्री भएको बोडी यति बेला १ सयदेखि १ सय २० सम्म विक्री भइरहेको छ । 
आज हेपाटाइटिस दिवस मनाइँदै
आज हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘एक जीवन, एक कलेजो’ भन्ने तय गरिएको छ ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुङ्गामा सञ्चालन भइरहेको पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन भरी सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँहरुबाट भक्तजनहरुमा रेसुङ्गा पुगेका छन् ।
हेपाटाइटिस दिवस र रोकथाम
हेपाटाइटिस दिवस र रोकथाम हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  दाङको लमही नगरपालिका–१ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु  चौधरीको मृत्यु भएको हो ।
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।
घरेलु यौन हिंसाबाट पीडित बालिका कहाँ हराईन ?
घरेलु यौन हिंसाबाट पीडित बालिका कहाँ हराईन ? २० असार २०८० को मध्ये राती ११ बर्षीया बालिका माथि आफ्नै बाबुले जवरजस्तीकरणी गरेको भन्ने कुरा सुन्नासाथ त्यो पापी को होला ? भन्ने जिज्ञासा र कौतुहलता  उत्पन्न भयो ।
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा पाल्पाको तिनाउ गाउँपालिकाका (नाम परिवर्तन) दिनेश सारु श्रीमति, दुई छोरीलाई घरमा छोडेर वैदेशिक रोजगारीका लागि कतार गए । उनले कामाएको १० लाख श्रीमतिको नाममा पठाए । सारु ५ वर्षपछि स्वदेश फर्केपछि पठाएको रकमबारे श्रीमतिसँग सोधीखोजी गर्न थाले ।
विदेशबाट फर्केर आफ्नै व्यवसाय
विदेशबाट फर्केर आफ्नै व्यवसाय बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाए । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन् । 
Weather Update