Shittalpati
पाल्पा जिल्ला बास्केटबल संघ गठन, अध्यक्षमा उदय

पाल्पा, पाल्पा जिल्ला बास्केटबल संघ गठन भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ शुक्रबार तानसेनमा बसेको प्रथम भेलाले बास्केटबल संघ गठन गरेको हो ।

 योगेश उदयको अध्यक्षतामा संघ गठन भएको छ । जसको उपाध्यक्षमा सुरज मलेकु, सचिव अनित श्रेष्ठ, कोषाध्यक्षमा डा.उदिप महर्जन चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रोदित शाक्य, गोकुल आचार्य, मौसम राना, अखण्ड बैजु र सुजन शाक्य रहेको संघले जनाएको छ । भेलामा जिल्ला खेलकूद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले खेलकूदको विकासमा बास्केटबल संघले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । उनले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिर्दै संघलाई सशक्त र खेलमैत्री बनाएर लैजान समेत आग्रह गरे । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update