Shittalpati
संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  संगठनमा इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस रम्भा गाउँपालिकाको प्रथम गाउँ सम्मेलनलाई रम्भामा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठनमा आवद्ध साथीहरुले इमान्दारीपूर्व काम गर्नुपर्ने बताएका हुन् ।

वडा तहदेखि नै सबै पदीय जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी मात्रै पुरा गर्न सकेमात्रै पनि संगठन बलियो हुने र जनताको अवस्थामा परिवर्तन आउने नेता श्रेष्ठले उल्लेख गरे । उनले जिम्मेवारीलाई कर्म सम्झेर काम गर्न समेत नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘अरुलाई उपदेश दिनुभन्दा आफ्नो जिम्मेवारीलाई कर्म सम्झेर काम गर्नुपर्छ’ सभापति श्रेष्ठले भने । पार्टीलाई संस्थागत र विधिसंवत रुपमा अगाडि बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने समेत उनले विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा सभापति श्रेष्ठले तीनै तहका सरकारले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताए । उनले भने ‘जनताको अपेक्षालाई आत्मसाथ गर्दै विकास र समृद्धिको बाटोमा तीनै तहका सरकार अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरेले वडातहसम्मै पार्टी पुग्ने गरी काम गरिरहेको बताए । कार्यक्रममा सचिव सुनिता अधिकारी, महासमिति सदस्य विधान श्रेष्ठ, काँग्रेस क्षेत्र न. १ का क्षेत्रीय सभापति झमनराज मगर, जिल्ला सदस्यहरु विश्व अर्याल, सुबि विक, वडा ३ का वडा अध्यक्ष थमन गाहा, वडा सभापति विष्णु कामु, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास गैरे, त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका स्वयु सभापति कृष्ण अर्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष निर्मला गाहाले आर्थिक प्रतिवेदने, सचिव ईश्वर काफ्लेले सांगठिक प्रतिवेदन र सभापति  ऋषि अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका  थिए । सभापति ऋषि अर्यालको अध्यक्षता, उपसभापति सुमन पाण्डेको स्वागत, सचिव ईश्वर काफ्लेलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update