Shittalpati
काँग्रेस पाल्पाले गर्‍यो शुभकामना आदान–प्रदान

पाल्पा, नेपाली काँग्रेसस पाल्पाले नेपाल संवत्, विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको छ । काँग्रेसले शुक्रबार तानसेनस्थित बाल मन्दिरमा एक कार्यक्रमका बिच शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको हो । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकता, सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतले एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update