चाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
मंगलबार, असोज ९, २०८०
राउटेलाई दशैँ खर्च प्रदान
मंगलबार, असोज ९, २०८०
लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।
आज परमाणु हतियार निर्मूल दिवस
मंगलबार, असोज ९, २०८०
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ । सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरिएको हो ।
हिमालयन बैंकका ग्राहकलाई विशेष छुट
मंगलबार, असोज ९, २०८०
हिमालयन बैंकका ग्राहकहरुलाई विशेष छुट व्यवस्था गरिएको छ । देशभरका विभिन्न क्षेत्रमा बैंकका ग्राहकहरुले विशेष छुट पाउने छन् । जसका लागि बैंकले देशभरका १ सय ६० भन्दा बढी क्षेत्रमा छुटका लागि सम्बन्धित निकायसँग सम्झौता गरेको छ ।
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं
मंगलबार, असोज ९, २०८०
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ । असोज महिनाको पहिलो हप्ता वितिसक्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म उच्च हुने भनिएको छ । डेंगु रोग एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो ।
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
सोमबार, असोज ८, २०८०
पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु
सोमबार, असोज ८, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । स्थानीय शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा काम गर्ने मजदुरको मृत्यु भएको हो ।
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
सोमबार, असोज ८, २०८०
नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, असोज ८, २०८०
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।
पत्रकार चापागाईंको रचनामा ‘परदेशी २’ फिल्मको गीत सार्वजनिक
सोमबार, असोज ८, २०८०
पत्रकार सतिस चापागाईको रचना, नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत बजारमा आएको छ । उक्त रचना रहेको भिडियो म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक भएको हो ।
विद्यार्थीमा व्यावहारिक क्षमताको खोजी
सोमबार, असोज ८, २०८०
अहिलेको शिक्षण पद्धति ‘सैद्धान्तिक मात्र भयो, व्यवहारिक भएन’ भन्ने टिका टिप्पणी जताततै सुन्ने गरिन्छ तर, प्राक्टिकल (व्यवहारिक) अभ्यासको प्रयास भने कमै शिक्षणसंस्थाले अपनाएको देखिन्छ ।
तानसेनमा युवा जुनियर रेडक्रस गोष्ठी
सोमबार, असोज ८, २०८०
जिल्लाको तानसेनमा नगरस्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेनको आयोजनामा तानसेनस्थित पप नमुना माविमा एक दिने गोष्ठी भएको हो ।
नजिकिँदो चाडपर्व र बढ्दो महँगी
सोमबार, असोज ८, २०८०
नेपालीहरूका घर आँगनमा महान चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तिज, पञ्चमी, विश्वकर्मा पूजा जस्ता पर्व मनाई सकिएको छ भने दसैं, तिहार र छठ पर्व नजिकिँदो छ । विदेशिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भएपनि घर फर्कने गर्छन् ।


