Shittalpati
रामपुरमा छैठौँ मेयर कप सुुरु

पाल्पा, जिल्लाको रामपुरमा छैठौँ मेयर कप प्रतियोगिता सञ्चालन भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सञ्चालनमा शुक्रबारदेखि सुुरु भएको हो ।

उद्घाटन खेलमा पुरुष फुटबल प्रतियोगिता भएको छ । रामपुर नगरपालिका वडा– ७ र वडा –८ विच भएको खेलमा वडा– ७ विजयी भएको छ । खेलमा वडा –७ ले ८ लाई २–० गोल अन्तरले पराजित गरेको हो ।  प्रतियोगितामा भलिबल, क्रिकेट, व्यडमिन्टन , वक्तृत्वकला  जस्ता खेल र बौद्धिक कार्यक्रमहरु हुने नगर खेलकुद विकास समितिका सदस्य डोलराज श्रेष्ठले जानकारी दिए ।

किसानबारी खेल मैदानमा सञ्चालित मेयर कपको नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलले राष्ट्र र राष्ट्रियताको पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पहिचानका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम गरेको  नगर प्रमुख थापाको भनाइ छ । उनले भने ‘विभिन्न समयमा हुने विविध प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादन गर्छ , गाउँका दुर दराजका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न मेयर कप जस्ता कार्यक्रमले सघाउ पु¥याउँछ । ’ नगर प्रमुख थापाले खेल खेलाउने मात्र नभई नगरपालिकाले अब विभिन्न खेलकुदको प्रशिक्षण सहित उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिने समेत बताए ।

उपप्रमुख बाल कुमारी थापाले खेलाडी उत्पादन र खेलकुदको विकासका लागि नगर सरकार प्रतिवद्ध भएर लागेको बताइन् । खेल अनुशासनपूर्वक खेलिने मैत्रिपूर्ण लडाँई भएको भन्दै उनले खेलमा हार जित भन्दा पनि धेरै कुरा सिक्ने अवसर मिल्ने धारणा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले खेलकुद स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । शारिरीक, मानसिक र बौद्धिक  हिसाबले खेलकुद मानव जीवनमा महत्वपूर्ण रहेको  उनको भनाई छ । वडा–७ का वडाध्यक्ष दोेवराज तिवारीले खेलकुदको माध्यमबाट युवाहरुको सर्वाङ्गिण विकास र समाज रुपान्तरण गर्न सकिने बताए । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका प्रतिनिधि ईश्वरी खनाल, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका राम प्रसाद गैरे लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षता, सहसचिव जमुना रानाको स्वागत र महासचिव राजु गुरुङको सञ्चालनमा प्रतियोगिताको शुुभारम्भ  भएको हो ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update