1707309033.jpg)
पाल्पा, नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औं वाार्षिक साधारणसभालाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका राणाले स्वास्थ्य जस्तो संवदेशील विषयमा स्वयंसेवक भावना राख्नुपर्ने बताएका हुन् ।
उनले आँखाको उपचार जस्तो सम्वेदनशील विषयमा राजनीति गर्न नहुँने भन्दै स्वयं सेवक भावनाले अगाडि बढ्नुपर्नेमा जोड लिए । सभापति राणाले भने ‘पछिल्लो समय कही कतै स्वास्थ्य जस्तो वियषमा रानीनितक गन्ध आउने गरेको छ, हाम्रो आखाँ जस्तो स्वास्थ्यको क्षेत्रमा त्यस्तो हुनु हुँदैन, हामी स्वयंसेवक भावनाले काम गर्नुपर्छ ।’ उनले संघको समन्वयमा चन्दादाता जग्गा दाताहरुको सहयोगले देशभरका आँखा अस्पताल सञ्चालन भएको समेत बताए । संघ पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले पाल्पामा आँखाको उपचार प्रभावकारी बन्दै गएको बताए । उनले ‘संघमा आवद्ध साथीहरु स्वयसेवक भावना लिएर अगाडि बढ्नु भएकाले हाम्रो सेवा प्रभावकारी बन्दै गएको छ ।’ कार्यक्रममा संघका सचिव राजेन्द्र लिगलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै फागुन महिनादेखि आधुनिक प्रविधिबाट आँखाको शल्यक्रिया हुने तयारी भएको बताए । सचिव लिगलले संघले पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, तिनाउ आँखा उपचार केन्द्र दोभान र छहरा आँखा उपचार केन्द्र छहरा गरी ४ स्थानबाट सेवा प्रदान गर्दै आएको जानकारी गराए । उनले गुल्मी अर्घाखाँची र रामपुरमा महिनाको एक पटक शल्यक्रिया सेवा दिदै आएको समेत बताए ।
कार्यक्रममा कोषाध्यक्ष बेदराम श्रीसले संघको तर्फ करिब ८ लाख बराबरको र आँखा अस्पतालकोतर्फ ४ करोड ४३ लाख ८३ हजार ९ सय ३८ बराबर को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आजीवन सदस्य केदारलाल श्रेष्ठ, छिमेकी जिल्ला नेत्रज्योति संघका कोषाध्यक्ष राजेश ढकाल, कालीगण्डकी आँखा उपचार केन्द्रका प्रतिनिधि भोजेन्द्रप्रकाश ढकाल लगायतले संघको सफलताको शुभकामना व्यक्त गरे । सोही अवसरमा संघका पूर्व सहसचिव स्वर्गीय लोकप्रसाद ढकालको स्मृतिमा धर्मपत्नी शारदा ढकालले अस्पतालमा कक्ष निर्माणका लागि ३ लाख ५ रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । कार्यक्रम संघका सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षता, उपसभापति भिमसेन कार्कीको स्वागत, सचिव राजेन्द्र लिगलको सञ्चालनमा कार्यक्रम भएको थियो ।