स्वास्थ्यकर्मीलाई जोखिम भत्ता ५० प्रतिशत दिइने
मंगलबार, वैशाख २१, २०७८
ससंदीय व्यवस्था अफाप त होइन ?
मंगलबार, वैशाख २१, २०७८
कुनै समयमा कहीँ नभएको जात्रा हाडी गाउँमा भनिन्थ्यो । हुन त हाडी गाउँ हाम्रो नेपालमा पर्दछ । त्यो पनि काठमाडौंमा हो । त्यही काठमाडौंमा हुने जात्रा अहिले संघीयता सँग सँगै विकेन्द्रीत हुन पुगेको छ । काठमाडौंमा प्रायजसो खड्क जात्रा हुने गर्दछ । केही दिन अगाडि गण्डकीमा पृथ्वी,लुम्बिनीमा शंकर जात्रा भयो ...
कोरोनाकालमा दलहरूका तमासा
मंगलबार, वैशाख २१, २०७८
देश फेरी पनि कोरोनाको दोस्रो लहरको चपेटामा छ । कोरोना ह्वारह्वार्ती आगोझैँ सल्किरहेको छ । सम्पूर्ण देश नै एकप्रकारले लकडाउनमा समेत गैसकेको अवस्था छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ । हजारौँ संक्रमितहरू थपिँदै गएका छन् । आईसीयू बेडको अभावमा घरमै छटपटाइरहेका संक्रमितहरूले जीवनको भीख मागिरहेका छन् । अस्पतालमा अक्सिजनसमेत नपाएर...
कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए
सोमबार, वैशाख २०, २०७८
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । केही सातायता औसतमा ५० भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । सोमबार मात्रा पाल्पामा ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि...
गुल्मीको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा
सोमबार, वैशाख २०, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण उच्च भएपछि वैशाख १८ गते राति १२ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरे पनि यहाँ त्यसको अवज्ञा गरेको पाइएको हो ।
पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण
सोमबार, वैशाख २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् ।
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित
सोमबार, वैशाख २०, २०७८
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । सरकारले कोरोना महामारीका कारण भएको लकडाउनले १२ औं राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण गतिविधि तत्कालका निम्ति स्थगित गरेको हो । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने...
कोरोना महामारी नियन्त्रणको लागि गुल्मीदरबार गाउँपालिकाको सक्रियता
सोमबार, वैशाख २०, २०७८
गुल्मी जिल्लाको एक स्थानीय सरकार कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गईरहेको हुँदा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको हो ।
पाल्पामा थप दुई संक्रमितको मृत्यु
सोमबार, वैशाख २०, २०७८
पछिल्लो दुई दिनमा पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय एक पुरुष र रामपुर नगरपालिका–१० गेझाका अर्को ७२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
लुम्बिनी प्रदेशमा सत्ताको खेल
सोमबार, वैशाख २०, २०७८
लुम्बिनी प्रदेशका जनताहरु कोरोना महामारीसँग लडिरहेका बेला नेताहरु भने सत्ताको खेलमा लागेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले आइतबार बिहानै नाटकीय रूपमा राजीनामा दिएपछि यहाँ सत्ताको खेल सुरु भएको हो । जनतालाई निषेधाज्ञाको पालना गर्न घरमै राखेर नेताहरु भने सत्ताको खेलमा लागेका हुन् । आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका...
कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा बन्द
सोमबार, वैशाख २०, २०७८
माथागढी गाउँपालिका सहित जिल्लामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख १७ गतेराती १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि गाउँपालिकाले पनि वैशाख १९ गतेदेखि वैशाख २४ गते ६ दिनका लागि सेवा बन्द गरेको हो ।
माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि
सोमबार, वैशाख २०, २०७८
माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि । गाउँपालिकाले अव्यवस्थित तथा सुकुम्वासीहरुकालागि जग्गा उपलब्ध गराउन आवश्यक तयारीका लागि अभिमुखीकरण तथा छलफल गर्दै आएको छ ।


