पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
बिहीबार, वैशाख २३, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव
बिहीबार, वैशाख २३, २०७८
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् ।
जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग
बिहीबार, वैशाख २३, २०७८
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ । नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ
बिहीबार, वैशाख २३, २०७८
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ गराएका हुन् ।
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल
बिहीबार, वैशाख २३, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमितलाई लक्षित गरी १५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा संक्रमितहरुको संख्या बढ्दै गए पछि गाउँपालिकाले माथागढी ४ देवगिरमा अस्पताल सञ्चालन गरेको हो ।
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु
बिहीबार, वैशाख २३, २०७८
जिल्लाको रम्भा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार राती रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको हो ।
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण
बुधबार, वैशाख २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना जितेका छन् । बुधबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ जना महिला र ५५ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल
बुधबार, वैशाख २२, २०७८
नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ को जोखिम बढ्दै गएकाले सतर्क रहन अपिल गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै जिल्लामा थप कोभिड क्रियाशील भई संक्रमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन अपिल गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद विरबहादुर रानाले विज्ञप्ती जारी गर्दै...
बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण
बुधबार, वैशाख २२, २०७८
पछिल्लो समय जिल्लामा समुदायस्तरमै कोरोना संक्रमणको प्रकोप फैलिदै गएको छ । जिल्लाका ग्रामीण बस्तीस्तरमै कोरोनाको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाको एक सिङगो बस्तीमा कोरोनाको प्रकोप फैलिएको पाइएको छ ।
पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने
बुधबार, वैशाख २२, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल पत्रकार महासंघ पाल्पा शाखाको भवनमा आइसोलेसन बनाईने भएको छ । महासंघको बुधबार भुर्चअल प्रविधिबाट बसेको दोस्रो बैंठकले महासंघको तानसेनस्थित मेहल्धारामा रहेको भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।


