Shittalpati
कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा बन्द

पाल्पा(माथागढी), माथागढी गाउँपालिका सहित जिल्लामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख १७ गतेराती १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि गाउँपालिकाले पनि वैशाख १९ गतेदेखि वैशाख २४ गते ६ दिनका लागि सेवा बन्द गरेको हो ।


गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण नियमित सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतराजु नेपालद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकार वडाबाट हुने नियमित सेवाहरु बन्द गरिएको जनाइएको छ । स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको स्वास्थ्य शाखा एवं सम्पूर्ण स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य ईकाइहरु भने पूर्ववत रुपमा सञ्चालन गरिने सूचनामा बताइएको छ । कार्यालयबाट सेवा प्रवाह गर्दा संक्रमण अझ बढ्न सक्ने अवस्थारहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमाराखेर सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किनर अति आवश्यक कामका लागि बाहिर निस्किनु पर्दा अनिवार्य रुपमा मास्क लगाउन, साबुन पानीले हात धुन, सामाजिक दूरी कायम गर्नर अन्य सावधानी अपनाउन अध्यक्ष थापाले नागरिकलाई आग्रह गर्दै आएका छन् । गाउँपालिकामा एक हजार ७ सय ५६ जनाको पिसिआर परीक्षण गरिएकोमा अहिले सम्म १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।


जिल्ला स्वास्थ्य कार्यालले शनिबार साँझसम्म सम्म सार्वजनिक गरेको तथ्याड्ढ अनुसार १ सय ३८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १ सय ६ जना भने निको भएका छन् । चार जनाको संक्रमणबाट मृत्यु समेत भएको छ । गाउँपालिकामा अहिलेसम्म ३३ जना संक्रिय संक्रमितरहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update