बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु
शुक्रबार, फागुन १४, २०७७
शाइन रेसुङ्गा बैंकको सेवा आफ्नै भवनबाट
शुक्रबार, फागुन १४, २०७७
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय आफ्नै भवनबाट सेवा सुरु गरेको छ । हाल कम्पनीको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ६ मैत्रिपथमा रहेकोमा फागुन ११ गतेदेखि सोहि उपमहानगरपालिका वडा नं ११ कालिका नगरमा आफ्नै भवनबाट सेवा सञ्चालन गरेको जानकारी दिएको छ ।
बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग
बुधबार, फागुन १२, २०७७
गुल्मी, बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गुल्मी समाज युकेले संघलाई आर्थिक सहयोग गरेको हो । समाजले विश्व अपाङ्ग दिवसका दिन संकलन गरेको रकम संघलाई सहयोग गरेको जनाइएको छ ।
आकर्षक सुविधा सहित एनसेल एपको नयाँ संस्करण सार्वजनिक
बुधबार, फागुन १२, २०७७
एनसेलका ग्राहकले अब एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवा सुचारु गर्न सक्ने भएका छन् । एनसेल आजियाटाले विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको हो ।
सहकारीको भवन शिलान्यास्
मंगलबार, फागुन ११, २०७७
बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको भवन शिलान्यास गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकामा रहेको उक्त सहकारीको प्रशासनिक भवन एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
बगनासकाली बहुउद्देश्यीय सहकारीको भवन शिलान्यास
सोमबार, फागुन १०, २०७७
पाल्पा, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको भवन शिलान्यास गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकमा रहेको उक्त सहकारीको प्रशासनिक भवन एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
बैवाहिक वर्ष गाँठमा गरिने खर्च अपाङ्गतालाई
सोमबार, फागुन १०, २०७७
जिल्लाका एक युवाले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्च अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आएका जनक पन्थले आफनो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए आशा अपाङ्गतामा रहेका व्यक्तिहरुलाई सहयोग गरेका हुन् ।
सहकारी अभियन्ता भन्छन्–‘सरकारले सहकारीलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भयो’
आइतबार, फागुन ९, २०७७
सरकारले सहकारी अभियानलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भएको सहकारी अभियन्ताले बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय सहकारी गोष्ठीमा सहभागीहरुले सरकारले सहकारी अभियानलाई व्यवहारिक रुपमा अगाडि बढाउन नसकेकै कारण आर्थिक विकासको पाटो कमजोर भएको बताएका हुन् ।
गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’
आइतबार, फागुन ९, २०७७
के तपाईको सवारी चढ्ने सपना छ ? के सपना भएर पनि आर्थिक अभावमा गाडी चढ्न सक्नुभएको छैन ? यदि त्यस्तो हो भने आउनुहोस् गरिमा विकास बैंकले त्यो सपना पूरा गर्ने छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको...
निजी क्षेत्र संगठित नभए सरकारले हेप्छ : श्रेष्ठ
शनिबार, फागुन ८, २०७७
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई संगठित भएर लाग्न आग्रह गरेका छन् ।सदरमुकाम तम्घासमा आयोजना गरिएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २९ औं वार्षिक साधारण सभामा बोल्दै श्रेष्ठले व्यवसायीहरु संगठित हुन नसके सरकारले फेरी हेप्ने अवस्थाको सृजना हुने बताए । उनले अहिले नेपाल उद्योग वाणिज्य महासंघले...
कृषि क्षेत्रमा बैंकको लगानी बढ्यो
शनिबार, फागुन ८, २०७७
पछिल्लो समय नेपालको कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएको छ । कृषिक्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायिकीकरणतर्फ उन्मुख हुँदै गएपछि बैंकहरुले यस क्षेत्रमा ऋण लगानी बढाउँदै गएका छन् । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा अहिले ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत
शुक्रबार, फागुन ७, २०७७
कोरोना खोप खरिद गर्न अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म भारतको अनुदानमा प्राप्त खोप लगाउँदै आएको छ ।
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू
बुधबार, फागुन ५, २०७७
लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।


