Shittalpati
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग

गुल्मी, युवा समाजसेवी सन्तोष गौतमले जिल्लाको एक विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग गरेका छन् । गौतमले कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सत्यवती गाउँपालिकाको अस्लेवा स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई माक्ससँगै आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

उनले कोरोनाको जोखिमबाट बच्न माक्स र विद्यार्थीहरुको शिक्षामा सहजता प्रदान गर्न शैक्षिक सामग्री सहयोग गरेका छन् । गौतमले एक कार्यक्रमका बीच उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

समाजसेवी गौतमले कक्षा एक देखि १० सम्मका ४ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा माक्स वितरण गरेको विद्यालयका प्रअ युवराज पाण्डेले जानकारी दिए । उनले यस्ता कार्यबाट शैक्षिक क्षेत्रको विकास र बालवालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे । नेपाली काँग्रेसका अगुवा नेता नमप्रसाद गौतमले विकास निर्माणका साथै शैक्षिक क्षेत्रको विकासमा गौतमले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update