Shittalpati
जानकी साहित्य पुरस्कार गौतमलाई प्रदान गरिने

गुल्मी, जिल्लामा क्रियाशिल साहित्यक संस्था किरण पुस्तकालय प्रदान गर्दैै आएको जानकी साहित्य पुरस्कार कवि तथा गितकार नारद गौतमलाई प्रदान गरिने भएको छ । यस वर्षको जानकी साहित्य पुरस्कार रुरुक्षेत्र गाउँपालिका ४ चौतराका नारद गौतमलाई प्रदान गरिने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ ।
सो पुरस्कार आगामी २०७८ सालको मोती जयन्तीका दिन प्रदान गरिने छ । नारद गौतमले सिर्जनाको क्षेत्रमा गरेको क्रियाकलाप प्रति उच्च सम्मान गदै यस बर्षको जानकी पुरस्कार प्रदान गर्न लागिएको पुस्तकालयका अध्यक्ष शसी पन्थीले बताए । यस अघि उक्त पुरस्कार सूर्यबहादुर सेन वली, भागिरथि श्रेष्ठ र रामप्रसाद पन्थलाई प्रदान गरिएको थियो । साहित्यप्रति अत्यन्त रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उनको परिवारद्धारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अध्यक्षकोषको व्याजद्धारा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्दै आइएको छ । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् ।
प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी भई इतिहास, कला, साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिदै आइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update