Shittalpati
एनसेलको सहकार्यमा सामसङले ल्यायो ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’

काठमाडौं (एजेन्सी), एनसेलको हकार्यमा सामसङले ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ नामक योजना ल्याएको छ । सामसङले आफ्नो ग्राहकलाई सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको हो । डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँन सक्ने छन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउने कम्पनीले जनाएको छ । नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्‍याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्ने छन् ।

एनसेलको डेटासँग बण्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिईएको छ । यस एक्सचेञ्ज योजनामा ग्राहकले सामसङको झण्डै दुई दिनसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री भएको सामसङ ग्यालेक्सी एम ०१ कोर र सामसङ ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् । एम ०१ कोरमा १ जीबी र्‍याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । एम ०१ कोर र एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव भएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् । आफुसँग पुरानो भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने छ । सामसुङले उत्कृष्ट प्रविधि तथा नवीन उत्पादनहरु ग्राहकहरु समक्ष पुर्‍याउने निरन्तर कार्य गर्दै आइरहेको छ, जसले गर्दा प्रयोगकर्ताहरुलाई अधिकतम सुविधा प्रदान गरी उनीहरुको जीवनस्तरलाई अझै सहज बनाउन सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update