Shittalpati
आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौं,काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ ।
निषेधाज्ञाको दोस्रो दिन शुक्रबार मात्रै ७७ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार शुक्रबार कूल ७७ उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहिबारको तुलनामा यो संख्या आधाभन्दा कम हो । शनिबार यो संख्या अझ घट्ने बताइएको छ । शनिबारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताए । निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहीबार विमानस्थलमा आन्तरिकतर्फ कूल २ सय ८ उडानमार्फत आठ हजार २ सय ६९ यात्रुले हवाई यात्रा गरेका छन् ।

यी मध्ये काठमाडौँबाट पाँच हजार ४ सय ५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८ सय १६ हवाई यात्रु काठमाडौँ भित्रिएको विमानस्थलले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याड्ढ अनुसार बिहिबार सबैभन्दा बढी बुद्ध एयरले ९६ उडानबाट चार हजार २८ यात्रुलाई हवाई सेवा दिएको थियो । यती एयरलाइन्सले ५२ उडान गरेको थियो । ती उडानबाट दुई हजार ४ सय ५७ यात्रुलाई गन्तव्यमा पु¥याइएको छ । त्यसैगरी श्री एयरलाइन्सले एक हजार ४ सय ८४, तारा एयरले १ सय १३, समिट एयरले ८३ र नेपाल एयरलाइन्सले १ सय ४ यात्रुलाई सेवा दिएको विमानस्थलले जनाएको छ । निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १ सय ४९ उडानमार्फत १५ हजार २ सय ६३ यात्रुले सेवा लिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । –रासस

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update