कपिलवस्तुमा महिलाको हत्या
आइतबार, मंसिर २८, २०७७
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, मंसिर २६, २०७७
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
शुक्रबार, मंसिर २६, २०७७
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए...
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर
बिहीबार, मंसिर २५, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका वडा ७, खानीगाउँ रामबगैचाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । अमेरिकी ६८ वर्षीय नागरिक पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर वितरण गरिएको हो ।
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार
बिहीबार, मंसिर २५, २०७७
बिना स्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सो क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।
गुल्मीका सरोकारवालाहरुद्वारा भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता
बिहीबार, मंसिर २५, २०७७
गुल्मीका सरोकारवाला निकायहरुले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवरमा भ्रष्टाचार विरुद्धको नागरिक निगारानी संस्था गुल्मीले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालमा भ्रष्टाचार बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने
बिहीबार, मंसिर २५, २०७७
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले धार्मिक कार्य (दिवाली) तथा बिवाह गर्दा साउण्ड सिष्टम तथा बाजा नबजाउने निर्णय गरेको हो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
बिहीबार, मंसिर २५, २०७७
विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि बिहीबार विविध कार्यक्रम गरी मनाइदैछ ।
तीन दिन बदली हुने
बुधबार, मंसिर २४, २०७७
न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ
मंगलबार, मंसिर २३, २०७७
नेपालको चार धामको रुपमा परिचित रुरु क्षेत्र धामको पर्यटकीय धार्मिक गुरुयोजनाको कार्यान्वयको शुभारम्भ भएको छ । नेपालकै नमूना धार्मिक तथा पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्दै धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा रुरु क्षेत्रधामको गुरुयोजना कार्यान्वयन थालिएको हो ।
ब्राउन सुगरसहित ६ जना पक्राउ
मंगलबार, मंसिर २३, २०७७
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण
सोमबार, मंसिर २२, २०७७
भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण तालिम सञ्चालन भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र जिल्ला शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि छ दिने अनलाइन अभिमुखीकारण तालिम सोमबारदेखि सुरु भएको हो ।
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र
सोमबार, मंसिर २२, २०७७
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला (अनेम) संघ पाल्पाले महिला हिंसा विरुद्व सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत १५ बुँदे ज्ञपानपत्र सरकारलाई बुझाएको हो ।


