ब्राउन सुगरसहित ६ जना पक्राउ

पाल्पा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
राप्ती गाउँपालिका–९ देवीकोट निवासी ३७ वर्षीय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका–१ बाङ्गेसाल निवासी ३० वर्षीय ईसादिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सोही ठाउँ निवासी २८ वर्षीय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षीय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षीय ईदिस मिया र गढवा गाउँपालिका–१ जुरौनी निवासी ३२ वर्षीय गफुर मिया पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्