Shittalpati
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने

गुल्मी । गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले धार्मिक कार्य (दिवाली) तथा बिवाह गर्दा साउण्ड सिष्टम तथा बाजा नबजाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै भोज भतेर पारिवारिक मानिसहरु बिच मात्र सिमित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्ला सदरमुका तम्घासमा जहाँसुकैबाट यात्रुहरुलाई सवारी साधनहरुमा चढाउने र ओराल्ने गर्दा ट्राफिक व्यवस्थापन गर्न असहज भएकाले बसपार्कबाट यात्रु चढाउने तथा ओराल्ने र सिट क्षमताभन्दा बढी यात्रुहरु नबोक्न आग्रह गरेको छ ।

त्यस्तै बिद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा गरिएका व्यवस्थाहरुको पूर्ण पालना गरी बिद्यालयहरु सञ्चालन गर्न सबै स्थानीय तहरुले आबश्यक व्यवस्था मिलाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सूचनाको बिपरित भए गरेको पाईएमा स्थानीय प्रशासन २०२८ र संक्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।  –अनिल खत्रीबाट

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update