Shittalpati
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पाल्पा । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरी नेपालीले ती युवतीलाई बुधबार राति जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको जनाएको छ । प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update