स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक
मंगलबार, कात्तिक २५, २०७७
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह
मंगलबार, कात्तिक २५, २०७७
यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।
गरगहना लुट्ने बाह्र वर्ष जेल चलान
मंगलबार, कात्तिक २५, २०७७
बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार...
यस वर्षको भाइटीकाको उत्तम साइत ११ः३७ बजे
सोमबार, कात्तिक २४, २०७७
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको हो ।
पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन
आइतबार, कात्तिक २३, २०७७
देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पाल्पामा पनि यसको विरुद्ध प्रदर्शन गरिएको छ । पाल्पाका युवतीहरुले कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् ।
चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै
शनिबार, कात्तिक २२, २०७७
चर्चरे, सराई–आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्न लागेको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको चार करोड बढी लगानीमा पक्की पुल बन्न लागेको हो ।
रामपुरमा लुटपाट घटनाका अभियुक्त पक्राउ
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार लुटपाट गरी नगद र गहना चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता
बिहीबार, कात्तिक २०, २०७७
भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
बागलुङमा देउसी भैलो खेल्न नपाइने
मंगलबार, कात्तिक १८, २०७७
नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।
रोजगार गुम्दा दसैँ पीडादायी
आइतबार, कात्तिक १६, २०७७
लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन् । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन्...
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
शनिबार, कात्तिक १५, २०७७
स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।
आज विश्व शहरीकरण दिवस मनाइदैं
शनिबार, कात्तिक १५, २०७७
आज विश्व शहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइने गरिन्छ ।
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी
शनिबार, कात्तिक १५, २०७७
मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।


