Shittalpati
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ


पाल्पा, मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।

चोरी गर्ने रामेछाप मन्थली नगरपालिका १२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले एनजेडी÷शित्तलपार्टी डटकमलाई जानकारी दिएका छन् ।

उनका अनुसार चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी.मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । काठमाडौै कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते ट्राफिक प्रहरी महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त पठाइएको एसएसपी भट्टराईले बताए ।

 


प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update