Shittalpati
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक...
पाल्पामा नेपाल नागरिक अभियान गठन
पाल्पामा नेपाल नागरिक अभियान गठन पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।
निकुञ्जमा गैँडा मर्‍यो
निकुञ्जमा गैँडा मर्‍यो चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्दार गरिएको थियो ।
गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने
गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने जिल्लाको इस्मा गाउँपालिका नै यतिखेर शोकमग्न बनेको छ । ईस्मा ४ हुलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परी हुलका ६ जनाको ज्यान गएपछि स्थानीय तह नै शोकामा डुबेको हो ।
गाउँपिच्छे सडकः छैनन् पुल
गाउँपिच्छे सडकः छैनन् पुल वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् ।
भतिजको कुटाइबाट काकाको मृत्यु
भतिजको कुटाइबाट काकाको मृत्यु महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
बालिका हत्याका दोषीलाई कारवाहीको माग
बालिका हत्याका दोषीलाई कारवाहीको माग राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।
‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई
‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई दिइने भएको छ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो पुरस्कारअध्यक्ष अर्याललाई दिने निर्णय गरेको हो ।
कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि
कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा
घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।
हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।
देशभर कक्षा १२ को परीक्षा सुरु,  ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह
देशभर कक्षा १२ को परीक्षा सुरु, ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह कोरोना महामारीका बीच आजदेखि देशभर कक्षा १२ को परीक्षा हुँदै छ । कोभिड–१९ का कारण स्थगित परीक्षा आजविहान ८ बजेदेखि सञ्चालन हुन लागेको हो ।
Weather Update