
पाल्पा, मोटरसाइकल चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीटोलीले काठमाडौंको नयाँ बजार र बालाजुस्थित सडक खण्डबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आयुष थापा मगर र रोशन लामिछानेलाई मोटरसाईकल सहित आईतबार पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले एनजेडीलाई जानकारी दिए ।
नयाँ बजार सडकखण्डबाट धादिङ्ग त्रिपुरा सून्दरी गाउँपालिका ५ चैनपुरका २२ वर्षीय आयुष थापालाई प्रदेश ३–०२–००८प २६०७ नम्वरको पल्सर मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२प७३३५ खुल्न आएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
त्यस्तै बालाजुबाटदोलखा भिमेश्वयर नगरपालिका ३ भिमफेदीका २४ वर्षीय कोरोशन लामिछानेलाई बागमती प्रदेश०२–०१७ प३४४७ नम्वरको पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाईकल र चोरी गर्ने उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ । महाशाखाले यस पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाई सकेको जनाएको छ ।