Shittalpati
बेसले मनायो २८ औं वार्षिक साधारण सभा

पाल्पा । जिल्लामा क्रियाशिल गैरसरकारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालले आफ्नो २८ औं वार्षिक साधारण सभा मनाएको छ । कोरोना महामारीका बिच पनि बेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आइतबार साधारण सभा मनाएको हो ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बेसले शिक्षा स्वास्थ्य र बालअधिकारका क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरेलले उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन संस्थालाई आग्रह गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले शिक्षा क्षेत्रको विकासमा बेसले उल्लेखनीय योगदान गरेको भन्दै संस्थाको प्रशंसा गरे । संस्थाले जिल्लामा सञ्चालन गरेको साक्षरता कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको उनले धारणा व्यक्त गरे । पौडेलले भने ‘साक्षरता कार्यक्रमले बालबालिकाको सिकाईमा सकारात्मक प्रभाव पारेको छ ।’ बेसका कार्यकारी निर्देशक शालिकराम पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सबैको साथ, सहयोग र हौसलाले गर्दा संस्थाको कार्य प्रभावकारी रहेको बताए । स्वास्थ्य कार्यालय नवल परासी पश्चिमका प्रमुख कृष्ण पोखरेलले बेसले पाल्पा जिल्ला तथा नवलपरासीमा पुर्‍याएको योगदान स्मरणीय रहेको भन्दै आफ्नो पहिचानलाई निरन्तरता दिन संस्थालाई आग्रह गरे ।

कार्यक्रममा सुआहारा नवलपरासीका कार्यक्रम संयोजक कृष्ण गुरुङ्ग, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम प्रबन्धक रुद्र मश्राी, बेस नेपालका संस्थापक सदस्य सीता देवकोटा (पाण्डे) लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा संस्थामा आवद्ध भई कार्य गर्दै आएका कार्मचारी तथा सदस्यहरुलाई विभिन्न पुरस्कारद्वारा सम्मान समेत गरिएको थियो । संस्थाले सन्त खाम्चा, सागर हिस्की, राधाकुमारी पञ्जियार, खड्गजित पुलामीलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरेको छ । त्यस्तै दिर्घसेवा सम्मान पुरस्कारबाट शालिकराम पोखरेल, कर्मवीर पुरस्कारबाट बेस नेपालका उपाध्यक्ष लेखनाथ शर्मा मरासिनी, बेस सुप्रशिद्ध सिर्जना पुरस्कारबाट बौदीकाली–३ नवलपरासीका टोपलाल विश्वकर्मालाई पुरस्कृत गरिएको संस्थाका भूपाल आलेले जानकारी दिए । बेसका अध्यक्ष छविलाल सुवेदीको अध्यक्षता, सचिव तुल्सी गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update