माथागढीका विद्यालयहरुमा यस वर्ष हिउँदे विदा नहुने
शुक्रबार, माघ २, २०७७
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
बिहीबार, माघ १, २०७७
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै...
६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’
बुधबार, पुस २९, २०७७
नागरिकता नपाई मरिन्छ कि भन्ने चिन्ताले सताइरहेकी गुल्मीको मुसिकोट नगरपालिका–१ की ६६ वर्षीया झगि विक नागरिकताको प्रमाणपत्र पाउँदा दङ्ग परिन् । आर्थिक अभावका कारण सदरमुकामसम्म आउन नसक्दा उनी रहर भएर पनि नागरिकता लिनबाट बञ्चित थिइन् । तर ६६ वर्षको हुँदा उनको रहर पूरा भयो, नागरिकता हातमा लिँदै विकले भनिन् ।
बगनासकालीले आठौं गाउँसभाबाट परित गर्यो १ ऐन, ६ कार्यविधि सहित निर्देशिका र मापदण्ड
मंगलबार, पुस २८, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन भएको छ । विभिन्न विधेयक,ऐन, कार्यविधि पारित गर्दै मंगलबार गाउँसभा सकिएको हो । गाउँसभाले एक ऐन पारितसँगै छ कार्यविधि, एक निर्देशिका र एक मापदण्ड अनुमोदन गरेको छ । सभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुती ऐन पास गरेको...
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
मंगलबार, पुस २८, २०७७
वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।
मृतावस्थामा भालेबाघ भेटियो
मंगलबार, पुस २८, २०७७
कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।
चोरीको मोटरसाईकल चलाउने एक युवक पक्राउ
सोमबार, पुस २७, २०७७
चोरीको मोटरसाईकल चलाउने एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने धादिङ्ग गल्छी गाउँपालिका ७ मछेडीखोलाका २२ वर्षीय भिमसेन खड्कालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेशमा माघीमा दुई दिन सार्वजनिक विदा
सोमबार, पुस २७, २०७७
लुम्बिनी प्रदेशमा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले गत बैशाख १० गतेको निर्णयका आधारमा प्रदेशभर माघ १ र २ गते सार्वजनिक विदा दिइएको कानून मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीद्वारा...
पाल्पाका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या
सोमबार, पुस २७, २०७७
सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने अभाव देखिएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाई संघीय कार्यालय हुँदा स्थानीय तहमा कर्मचारीको अभाव देखिएको हो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कतिपय कर्मचारीले पनि विभिन्न बहानामा समायोजन संशोधन गरी पुनःसंघमा नै...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
सोमबार, पुस २७, २०७७
आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज...


