Shittalpati
चोरीको मोटरसाईकल चलाउने एक युवक पक्राउ

पाल्पा । चोरीको मोटरसाईकल चलाउने एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने धादिङ्ग गल्छी गाउँपालिका ७ मछेडीखोलाका २२ वर्षीय भिमसेन खड्कालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले स्रोहखुट्टेबाट बालाजुतर्फ गईरहेको प्रदेश ३–०२–०१५ प १७७३ नम्वर कालो रातो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा उनलाई बालाजु, बसन्तनगरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले एनजेडी/शित्तलपाटीलाई जानकारी दिए । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२,०१४प ०३३९ खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल सिपाडोल भक्तपुरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि खोटाङ दिकतेल १५ का चित्र बहादुर खत्रीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख भट्टराईले बताए । पछिल्लो समय चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरी निकै सक्रिय रुपमा लागेको छ । आफ्नो जिम्मेवारी भित्र पर्ने कार्य मध्ये चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । पुस महिनामा मात्र ट्राफिकले करिब चार दर्जन मोटरसाईकल चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update