Shittalpati
पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया

पाल्पा । पाल्पाली पत्रकारिताका विषयमा तानसेनमा अन्तरक्रिया भएको छ । आइतबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको २९ औं स्थापना दिवसको अवसरमा पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा कोरोना महामारीको समयमा जिल्लाका पत्रकार तथा मिडियाहरुले खेलेको भूमिकाका विषयमा गहन छलफल भएको थियो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले कोरोना महामारीका बेलामा पनि जिल्लाका पत्रकारहरु अनवरत रुपमा जनतालाई सूचना प्रवाह गर्ने कार्यमा लागेको बताए । प्रेस स्वतन्त्रतासंगै शासन ब्यवस्था परिवर्तनका लागि मर्यादित पत्रकारीता आजको आवश्यक रहेको शर्माले औल्याए । महासंघका पुर्व सभापति झपेन्द्र गहिरेले महासंघ स्थापनादेखि अहिलेसम्मको समयमा पाल्पाली पत्रकारिता क्षेत्रको देशमै फरक पहिचान रहेको बताए । महासंघकी संस्थापक मन गहिरेले पाल्पाको पत्रकारिता क्षेत्रमा महिलाहरुको आकर्षण बढ्न नसकेको बताइन् । महासंघका अध्यक्ष राजेशकुमार अर्यालले कोरोना महामारीको समयममा पाल्पाली सञ्चारमाध्यम र पत्रकारहरुको अवस्था, सञ्चारमाध्यम र सचारकर्मीहरुले निर्वाह गर्दै आएको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । महासंघका अध्यक्ष अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, सचिव किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update