Shittalpati
बेवारिसे बालबालिकाको पुनःस्थापना
बेवारिसे बालबालिकाको पुनःस्थापना जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापना गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनःस्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको हो ।
गुल्मीदरबारका सामुदायिक विद्यालयलाई ‘थर्मल गन’
गुल्मीदरबारका सामुदायिक विद्यालयलाई ‘थर्मल गन’ जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सामुदायिक विद्यालयलाई ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) वितरण गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालय र २ वटा बाल विकास केन्द्रलाई गाउँपालिकाको प्राङ्गणमा थर्मल गन हस्तान्तरण गरेका हुन् ।
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
‘विद्युत अवरुद्धको कारण झुम्सा र वर्षातलाई मात्र नदेखाउ’, कार्यालय प्रमुख भन्छन्– ‘समस्या समाधानमा लागि परेका छौं’
‘विद्युत अवरुद्धको कारण झुम्सा र वर्षातलाई मात्र नदेखाउ’, कार्यालय प्रमुख भन्छन्– ‘समस्या समाधानमा लागि परेका छौं’ विद्युत अनियमितता भएपछि आइतबार नेपाल नागरिक समाज डेलिगेशन गएको छ । नागरिक समाजले उज्यालो पाल्पा बनाउनका लागि विकल्प खोज्न विद्युत कार्यालयलाई आग्रह गरेको छ ।
विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाऊ : नागरिक समाज
विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाऊ : नागरिक समाज नेपाल नागरिक समाज पाल्पाले विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाउन नेपाल विद्युत् प्राधिकरण वितरण शाखा पाल्पालाई आग्रह गरेको छ । पाल्पामा लाइन जान साथ वितरण शाखाले हरेक पटक झुम्सा, कोरोना र वर्षात्लाई कारण देखाउदै उम्कने गरेको भन्दै नागरिक समाजले अब त्यसको विकल्प खोज्न आग्रह गरेको छ ।
सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए...
सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए... आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।
बाघको आक्रमणबाट मृत्यु
बाघको आक्रमणबाट मृत्यु भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।
फरार अभियुक्त पक्राउ
फरार अभियुक्त पक्राउ बहुबिबाह मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा अदालबाट बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिका ३, दोभानका ४१ वर्षिय नारायण खरेल पक्राउ परका हुन् ।
खोलाले बगाउँदा मृत्यु
खोलाले बगाउँदा मृत्यु यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।
पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक...
बुर्तिबाङमा पुग्यो बिजुली
बुर्तिबाङमा पुग्यो बिजुली स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।
‘संविधान सहमतिको दस्तावेज’
‘संविधान सहमतिको दस्तावेज’ मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् ।
Weather Update