
पाल्पा । आज पाल्पा लगायत देशैभर विश्व माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आÞवानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
थाइल्यान्डका राजा भूमिबोल अदुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् डिसेम्बर ५ मा मनाउन थालिएको हो । माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता भने बढेको छ । नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन् । नेपालको माटोमा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको ३३ वर्षअघि गरिएको अनुसन्धानमा देखिएको थियो । यसैबिच, आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि पाल्पा लगायत देशैभर विविध कार्य गर्दै मनाइदैछ । हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरि नै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ ।
रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेका हन्, वा कुनै स्वार्थबिना या अझ भनौ अनुभवका लागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो । समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरुको ठूलो भूमिका रहेको छ । सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । तर पछिल्लो समय कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ ।