Shittalpati
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन

पाल्पा । पाल्पाको रिब्दीकोट ६ ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्दीकोट बौद्ध विहारमा सोमबार कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो ।

प्रमुख अतिथि भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको उपस्थितिमा भएको प्रतिस्थापन कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी सदस्य एवं विहार प्रमुख भिक्षु मेधकर स्थबिर (नारायणबहादुर आले मगर) र भिक्षु ज्ञानेन्द्रको समेत सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष एवम् समितिका अध्यक्ष हुमबहादुर थापा (पचभैया)ले विहार निर्माणका लागि अहिले सम्म झण्डै १२ लाख खर्च भएको जानकारी दिदै काम सम्पन्न गर्नाका लागि अझै बाँकी रहेको जानकारी दिए । विहार निर्माण गर्न आर्थिक, भौतिक सहयोग गर्ने सबैलाई अध्यबाद दिदै अध्यक्ष थापाले बाँकी काम पुरा गर्न पनि सबैको सहयोग आवश्यक रहेको बताए । भिक्षुबाट बुद्ध मूर्ति स्थापना र धर्मदेशना दिएको कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, वडा अध्यक्ष तुलबहादुर जिसी, जग्गा दाता हुमबहादुर थापा लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update