Shittalpati
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका १ राहुबनको एक घरमा आगोलागी भएको छ । शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको हो ।

घरमा आगोलागी हुँदा सात लाख बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार भण्डारीको घरमा रहेका अन्नपात, लत्ताकपडा र गहरगहना सबै जलेर नस्ट भएका छन् । आगोलागीबाट मानविय तथा पशुचौपायाको भने क्षति भएको छैन । स्थानीयले पूर्ण रुपमा आगो नियन्त्रणमा लिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update