तानसेनका महिलालाई नेतृत्व विकास तालिम
शनिबार, माघ ८, २०७८

पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ
शुक्रबार, माघ ७, २०७८
जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।

खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण
शुक्रबार, माघ ७, २०७८
कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।

अगाहखोलाको गोतामेमा पुलको सर्वे
बिहीबार, माघ ६, २०७८
जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।

‘अति भो सरकार इस्मामा भ्रष्टाचार !’
बुधबार, माघ ५, २०७८
सोमबार स्वास्थ्य चौकीको हल भित्र इस्मा गाउँपालिकाको गाउँ सभा चलिरहेको थियो । जनप्रतिनिधि र केही कर्मचारीहरु गाउँ सभामा विधेयक र अर्धवार्षिक नीति तथा कार्यक्रमहरुको छलफल र समीक्षा मै व्यस्त थिए । त्यत्तिकैमा अति भो सरकार इस्मामा भ्रष्टाचार ¤ भन्ने आवाज हल भित्र पस्यो । हलभित्र सभामा व्यस्त केही जनप्रतिनिधिहरु बाहिर...

स्वस्थानी व्रतकथा आजदेखि सुरु
सोमबार, माघ ३, २०७८
पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको आजदेखि घर–घरमा पूजा र व्रत बसी यो पर्व मनाउन लागिएको हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि...

पाल्पामा तरुलको व्यापार फस्टायो
शनिबार, माघ १, २०७८
जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसंक्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।

आज माघे संक्रान्ति पर्व मनाइँदै
शनिबार, माघ १, २०७८
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

बुटवलमा सार्वजनिक जग्गा संरक्षण गरिँदै
बिहीबार, पुस २९, २०७८
बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित बस्ती निर्माणको काम थालेको छ । ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउने काम अघि बढाइएको छ । चुरेको पहिरा, तिनाउ र दानव नदीकोे कटान तथा औद्योगिक र तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउन उपमहानगरपालिकाले निर्णय...

पाल्पाको निस्दीमा मोटरसाईकल दुर्घटना: चालकको मृत्यु
बुधबार, पुस २८, २०७८
जिल्लाको निस्दी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको छ । निस्दी गाउँपालिका ७ सिन्धुरेस्थित भित्री सडक खण्डमा लु ६ प १५२३ नं को मोटरसाईकल दुर्घटना भएको हो ।
.jpg)
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू
बुधबार, पुस २८, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रयिा सुरु गरएिको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडान पश्चात विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।