Shittalpati
कारण देखाउ आदेश

काठमाडौं, सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । 

    न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा.बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो । 

    अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ । तत्कालीन नेकपा ९माओवादी०को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो । 

 त्यस निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गरेका थिए ।  –रासस

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update