Shittalpati
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । 

संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो । समितिले आज उनको कार्ययोजना र उनी विरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।  –रासस

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update