Shittalpati
लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक विदा

पाल्पा, लुम्बिनी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मगर जातिको भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रूकुम पूर्वका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिएको हो । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गर्दै भोलि असार १ गते शुक्रबार  रोल्पा र रूकुम पूर्वमा सार्वजनिक विदा दिइएको जानकारी गराएको छ ।

bidha news1686835197.jpg

मगर समुदायको प्रमुख चाड मध्ये भूमे (भुम्या) पर्व एक हो ।  मगर समुदायले भोली यो पर्व धुमधामसँग मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा मान्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update