Shittalpati
तानसेन नगर सरकारले गर्यो खानेपानी उपभोक्ता समिति विघटन गर्न पत्राचार

पाल्पा, जिल्लाको तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । खानेपानी उपभोक्ता समिति अवैधानिक बाटोबाट चलेको भन्दै हालको समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न नगर सरकारले खानेपानी मन्त्रालयल, खानेपानी तथा ढल व्यवस्थापन विभाग र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई पत्रचार गरेको हो ।

 लामो समय हुुँदासम्म उपभोक्ता समितिले नियम अनुसार साधारण सभा र अधिवेशन नगरी अवैधानिक रुपमा आफै म्याद थप गर्दै आएकाले अहिले कायम रहेको समिति विघटन गरी तदर्थ समिति गठन गर्न नगर सरकारले सम्बन्धित निकायलाई पत्राचार गरिएको जनाएको छ । तानसेनको खानेपानीलाई खानेपानी मन्त्रालयबाट २०६८ मा विधिवत रुपमा तानसेन खानेपानी उपभोक्ता समितिका रुपमा हस्तान्तरण  गरिएकोमा २०७३ मा उपभोक्ता समितिको निर्वाचन गरी समिति गठन गरिए पनि हालसम्म सो समिति नै कायम रहेको नगरपालिकाले जनाएको छ ।

उपभोक्ता समितिको नियमअनुसार हुनुपर्ने साधारण सभा र अधिवेशन समेत नहुँदा लामो समयदेखि समितिले अवैधानिक रुपमा आफ्नो म्याद आफै थप्दै आएको नगर सरकारको आरोप छ ।

अनेक बहाना बनाई अझै पनि साविककै समितिले आफुुलाई निरन्तरता दिन आफुु अनुुकूल हुने गरी साविकको विधानलाई तोडमोड गरी संशोधन गरेको र उक्त संशोधित विधान प्रचलित कानुुन बमोजिम कुनै पनि सरकारी निकायबाट स्वीकृत समेत नभएको नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीद्वारा जारी पत्रमा उल्लेख छ ।

तानसेन नगरपालिकाले विधान संशोधनका लागि कार्यपालिकाको बैंठबाट निर्णय गरी सुुझावसहित संशोधन गर्नुपर्ने विवरण समेत उपलब्ध गराएकोमा उपभोक्ता समितिले उक्त सुुझावलाई वेवास्त गरी अवैधानिक विधानबाट चुनावको प्रक्रिया थालनी गरेको पनि नगरपालिकाले जनाएको छ । आम उपभोक्ताहरु मध्येबाट योग्य पदाधिकारी छनोट गर्ने प्रक्रिया अवरुद्ध गरेकाले हालको खानेपानी उपभोक्ता समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्ने कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई नगर सरकारले आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update