पुरूषहरुको भीडमा एक्लो महिला चालक
बिहीबार, माघ ५, २०७९
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे
बुधबार, माघ ४, २०७९
राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु
मंगलबार, माघ ३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोही वडाको पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको घर नजिकै रहेको नेप्टा भीरबाट लडेर मृत्यु भएको हो ।
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा
मंगलबार, माघ ३, २०७९
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ...
पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने
शनिबार, पुस ३०, २०७९
पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो ।
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै
शनिबार, पुस ३०, २०७९
सामाजिक सञ्जाल मार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पुर्याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् । सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले...
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ
बिहीबार, पुस २८, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिकामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ
बिहीबार, पुस २८, २०७९
जिल्लाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।
पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती
बुधबार, पुस २७, २०७९
पाल्पा लगायत देशभर ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
बुधबार, पुस २७, २०७९
आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो ।
विद्यालयको गुणस्तरीय सुधार अभियानमा वडा कार्यालय
बुधबार, पुस २७, २०७९
रैनादेवी छहरा गाउँपालिका वडा ३ भुवनपोखरी वडा कार्यालयले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि ५ वर्षे अभियान सुरु गरेको छ । वडा कार्यालयले वडा अध्यक्षको अध्यक्षतामा वडा शिक्षा समिति गठन गरेर विद्यालय शिक्षा सुधार अभियानमा जुटेको हो ।
नक्कली नोट सहित पक्राउ
मंगलबार, पुस २६, २०७९
नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
न्यूनतम पारिश्रमिक बिना पत्रकारिता गुणस्तरीय बन्न सक्दैन : अध्यक्ष खड्का
मंगलबार, पुस २६, २०७९
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्यूनतम पारिश्रमिक नभएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताएकी छन् । सोमबार तानसेनमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।


