राष्ट्रिय बालदिवसको औचित्य
शनिबार, भदौ २९, २०८१

गिद्ध संरक्षण गरौं
शुक्रबार, भदौ २८, २०८१
सिनो खाएर वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ मानिन्छ । यो पर्यावरणीय चक्र सञ्चालन, खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात सिनो खान्छन् ।

आत्महत्या गर्नबाट बचाऔं
बिहीबार, भदौ २७, २०८१
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मंगलबार मनाइएको छ ।

मानव बेचबिखन नियन्त्रणको सवाल
बुधबार, भदौ २६, २०८१
एकभन्दा बढी व्यक्ति संलग्न भई गोप्यरुपमा हुने अपराध सङ्गठित अपराध हो । यस्ता अपराध ठूलो आकारका र गहिरो प्रभाव छाड्ने खालका भए भने हामी जघन्य अपराधसमेत भन्दछौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा लागुऔषध खरिद बिक्री र ओसारपसार, हातहतियारसम्बन्धी र मानव बेचबिखनसम्बन्धी अपराधलाई सङ्गठित र जघन्य अपराधको रुपमा लिने गरिन्छ ।

स्वीकार्य हुँदैन : हिंसा
बुधबार, भदौ २६, २०८१
युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता घटनाले प्रभाव पारिहरेका छन् । महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व...

बीपीको सान्दर्भिकता
मंगलबार, भदौ २५, २०८१
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

महामानव बी.पी. : जीवनवृत
सोमबार, भदौ २४, २०८१
विश्वेश्वरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरू नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरूको अध्ययन गर्ने हो भने उनी भगवान् अहिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयका छोरा मुद्गलायन थिए । मुद्गलायनका छोरा लम्बोदर र लम्बोदरका छोरा...

साक्षरता अभियानको सार्थकता
सोमबार, भदौ २४, २०८१
अन्तर्राष्ट्रिय साक्षरता दिवस आइतबार नेपालसहित विश्वर नै मनाइएको छ । विश्वमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने गरिन्छ । यो दिवस अन्तर्राष्ट्रिय रुपमा मनाइरहँदा विश्वका ६० मुलुकको साक्षरता प्रतिशत अझै पनि ९५ भन्दा तल रहेको पाइन्छ ।

ऋषि पञ्चमीको महत्व
आइतबार, भदौ २३, २०८१
नेपाली हिन्दु महिलाहरुले तिजको दोस्रो दिन व्रत बसी तेस्रो दिन आज ऋषिपञ्चमीको पूजा गर्दैछन् । यसदिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित...

निजामती सेवा दिवसको सार्थकता
शनिबार, भदौ २२, २०८१
निजामती दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । २०६१ बाट प्रारम्भ भएको यो दिवस २१ औं पटक मनाइँदा २१ वटा अत्यन्त आकर्षक नारा तय भइसकेका छन् । समग्र निजामती कर्मचारीहरू नारालाई आकर्षक बनाउन लागि पर्दछन् ।

स्वास्थ्यको ख्याल गरेर मात्र तिजको व्रत बसौं
शुक्रबार, भदौ २१, २०८१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
विहीबार दर खाएर पहिलो दिनको तिज मनाएका महिला दिदीबहिनीहरु आज तिजको निराहार व्रत...

तिज : सद्भाव र संस्कृतिका रुपमा मनाऔं
बिहीबार, भदौ २०, २०८१
आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा(मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् ।