गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने
शनिबार, मंसिर १३, २०७७

शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज
शुक्रबार, मंसिर १२, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार दुई सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमसेन्टरमा रहेका संक्रमितहरु शुक्रबार डिस्चार्ज भएका हुन् ।

गाउँपिच्छे सडकः छैनन् पुल
शुक्रबार, मंसिर १२, २०७७
वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् ।

‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’
शुक्रबार, मंसिर १२, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको संकट भएको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शुक्रबार शिलान्यास गर्दै उनले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका...

भतिजको कुटाइबाट काकाको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
शुक्रबार, मंसिर १२, २०७७
देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो ।

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
बिहीबार, मंसिर ११, २०७७
बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

छैन स्वास्थ्यचौकीमा औषधि
बिहीबार, मंसिर ११, २०७७
कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।

बालिका हत्याका दोषीलाई कारवाहीको माग
बिहीबार, मंसिर ११, २०७७
राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।
अदुवा खेतीको विकल्प बन्यो बेसार
बिहीबार, मंसिर ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खुबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए ।

‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई
बुधबार, मंसिर १०, २०७७
‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई दिइने भएको छ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो पुरस्कारअध्यक्ष अर्याललाई दिने निर्णय गरेको हो ।

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
बुधबार, मंसिर १०, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि
बुधबार, मंसिर १०, २०७७
पाल्पामा तानसेनका थप १८ जनासहित पाल्पाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबारबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।