Shittalpati
शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज

पाल्पा । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार दुई सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमसेन्टरमा रहेका संक्रमितहरु शुक्रबार डिस्चार्ज भएका हुन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै शुक्रबार १७ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । नेपाल अहिलेसम्म १७ हजार २ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १७ हजार २ सय ३७ जना आइसोलेसनमा र ६ सय १ जना क्वारेन्टाइनमा छन् । शुक्रबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update