Shittalpati
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि पाल्पामा थप ३८ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार र आइतबार प्राप्त विवरण अनुसार माथागढीका २ जना, रामपुर नगरपालिकाका ३ जना, रैनादेवी छहराका १ जना, रम्भाका ३ जना, बगनासकालीका २ जना, तिनाउका ४ जना, निस्दीका १ जना र तानसेनका २२ जना गरी ३८ जना संक्रमणमुक्त भएका...
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि शनिबार सकिएको हो ।
पर्यटकको पर्खाईमा लुम्बिनी
पर्यटकको पर्खाईमा लुम्बिनी कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शुक्रबारसम्म १९ जनाको मृत्यु भएको छ । बिहीबार राती रामपुर नगरपालिका–५ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
आज विश्व टेलिभिजन दिवस मनाइदै
आज विश्व टेलिभिजन दिवस मनाइदै विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।
चितुवाको छालासहित ४ जना पक्राउ
चितुवाको छालासहित ४ जना पक्राउ चितुवाको छालासहित ४ जना पक्राउ परेका छन् । बुटवल प्रहरीले बुटवल ९ स्थित एक रेष्टुरेण्टबाट चितुवाको छालासहित ४ जना पक्राउ गरेको हो । प्रहरीले बुट
लायन्स क्लव अफ पाल्पा भैरवको गठन, अध्यक्षमा बस्याल
लायन्स क्लव अफ पाल्पा भैरवको गठन, अध्यक्षमा बस्याल जिल्लामा क्रियाशिल युवाहरुको सक्रियतामा लायन्स क्लव अफ पाल्पा भैरवको गठन गरिएको छ । लायन्स क्लव अफ बुटवल सेन्ट्रोलको सौजन्यमा क्लवको गठन गरिएको हो ।
तीस वर्षमै विद्यावारिधि
तीस वर्षमै विद्यावारिधि हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।
पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार र शुक्रबार प्राप्त विवरण अनुसार १५ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका –५ की ५४ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो ।
Weather Update