सैनामैनाका कृषकलाई मौरीका घार
शुक्रबार, मंसिर ५, २०७७

अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै
शुक्रबार, मंसिर ५, २०७७
आज विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइदैछ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने
बिहीबार, मंसिर ४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए ।

आफ्नै समस्या लेख्दैनन् पत्रकार
बिहीबार, मंसिर ४, २०७७
भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो ।

आज विश्व शौचालय दिवस मनाइदै
बिहीबार, मंसिर ४, २०७७
विश्व शौचालय दिवस आज मनाइदै छ । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेका हुन् । यस वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो भने भव्य कार्यक्रमहरु नहुने जनाइएको छ ।

पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, मंसिर ३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु
बुधबार, मंसिर ३, २०७७
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
बुधबार, मंसिर ३, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् ।

पाल्पामा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि
शुक्रबार, कात्तिक २८, २०७७
पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
शुक्रबार, कात्तिक २८, २०७७
जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै
शुक्रबार, कात्तिक २८, २०७७
हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।