Shittalpati
आज विश्व शौचालय दिवस मनाइदै

पाल्पा । विश्व शौचालय दिवस आज मनाइदै छ । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेका हुन् । यस वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो भने भव्य कार्यक्रमहरु नहुने जनाइएको छ ।

विश्वले शौचालयको महत्वलाई उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदै आएको छ । सन् २०३० सम्मको दिर्घकालिन विकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुविधाका साथ फालिने पानीलाई पुनःप्रयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ । अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याड्ढ छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update