Shittalpati
पाल्पा कोरोना अपडेट :  शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३४ जना महिला र २३ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिका १८, रामपुर नगरपालिकाका ५, रम्भा गाउँपालिका ३, बगनासकाली गाउँपालिका ४, तिनाउ गाउँपालिका १,रिब्दीकोट गाउँपालिका ३,तानसेन नगरपालिकाका २३ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ५ सय ८९ पुगेको छ ।

२० जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६० जनाको परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखिएको हो । जसमा ५ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका ४,माथागढी, रैनादेवी छहरा, रिब्दीकोटका १/१, रामपुर, निस्दीका २/२, तिनाउका ८, जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ४५ पुगेको छ । जसमा १ हजार ८ सय ७४ महिला र ३ हजार ३ सय ७१ जना पुरुष रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । जसमा रैनादेवी छहराका १ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ ।

पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने ५५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update