पेस्तोलसहित तीन जना पक्राउ
आइतबार, चैत १, २०७७

गुल्मीमा हत्या अभियुक्त सार्वजनिक
आइतबार, चैत १, २०७७
अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।

तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
शनिबार, फागुन २९, २०७७
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस पाल्पा शाखाले तानसेनमा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।

पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ
शनिबार, फागुन २९, २०७७
जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्यो
शनिबार, फागुन २९, २०७७
पाल्पामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै जाँदा संक्रमण शून्य नजिक पुगेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । अघिल्लो हप्ता सक्रिय संक्रमितको संख्या १३ रहेकोमा शुक्रबारसम्म त्यो...

एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम
शनिबार, फागुन २९, २०७७
तानसेनमा एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम दिइएको छ । पाल्पा शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा र गुल्मीका आधारभूत तहका शिक्षकहरुका लागि टिपिडी एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा दिइएको हो ।

आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
शुक्रबार, फागुन २८, २०७७
नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।

संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण
शुक्रबार, फागुन २८, २०७७
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।

अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड
शुक्रबार, फागुन २८, २०७७
रुपन्देही, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य...

अधिकांश गाउँघर पुरुषविहीन बन्दै
शुक्रबार, फागुन २८, २०७७
अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।

पाल्पामा थप ८ कोरोना संक्रमित थपिए
शुक्रबार, फागुन २८, २०७७
पाल्पामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न स्थानीय तहका ८ जनामा संक्रमण देखिएको हो । स्वास्थय कार्यालय पाल्पालाई गत फागुन १८ गतेदेखि फागुन २८ गतेसम्मको प्राप्त विवरण अनुसार ४ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

पाल्पाको छहरामा कोभिड अस्पताल, सदरमुकाम जाने बाध्यता टर्यो
बुधबार, फागुन २६, २०७७
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको छहरा स्वास्थ्य चौकीलाई पाँच शैयाको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएको हो ।